Kathmandu Press

कुलमानले भने-नेपालमा फेरि लोडसेडिङ गराउन दलालहरु सक्रिय भए

काठमाडौं, चैत २५ः  नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउँदै हिड्ने दलालहरु अहिले फेरि सल्बलाएको आरोप लगाएका छन्....

कुलमानले भने-नेपालमा फेरि लोडसेडिङ गराउन दलालहरु सक्रिय भए
फाइल फोटो

काठमाडौं, चैत २५ः  नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउँदै हिड्ने दलालहरु अहिले फेरि सल्बलाएको आरोप लगाएका छन्।

सोमाबार पत्रकार सम्मेलन गरी उनले विगतमा लोडसेडिङ गरेर आर्थिक लाभ लिएर बसेका प्राधिकरणभित्र र बाहिरका केही व्याक्तिहरु कु-प्रचारमा लागेको आरोप लगाएका हुन्।

Hardik ivf

‘हिजो ९ अर्ब घाटा थियो, देशभर लोडसेडिङ थियो।अहिले दुबैबाट प्राधिकरण मुक्त भयो, अहिले केहीलाई पचेको छैन,’उनले भने। ट्रेड युनियनका नाममा कमाउ धन्दा गर्न नपाएका केही जिम्मेवार व्याक्तिलाई स्पष्टिकरण सोध्दा हुँदै नभएको विषय प्रचार गरिरहेको उनले आरोप लगाए।

प्राधिकरणविरुद्ध लाग्ने जो कोही कारबाहीको भागिदार हुनु पर्ने उनको भनाइ छ। ‘पाँचौ तहको मान्छे साँढे जसरी बोल्दै हिड्न पाइँदैन। म विगतका जस्तो कमजोर प्रबन्ध निर्देशक होइन,’उनले भने।  ‘विद्युत प्राधिकरणमा चेन अफ कमान्ड मेन्टेन सबैले गर्नु पर्दछ,’उनले भने,‘मैले ९ अर्ब घाटाको संस्था नाफामा लैजानु र लोडसेडिङ अन्त्य गर्नु के मेरो कमजोरी हो? यदि होइन कमजोरी हो भनेलाई मलाई पनि कारबाही गरियोस्।’

ट्रेड युनियनका केही व्याक्तिले व्यवस्थापनको मिटिङ नगरी भत्ता बुझेको आरोप लगाएको उल्लेख गर्दै उनले सबै काम नियम भन्दा एक इन्च पनि बाहिर गएर नगरेकाे दाबी गरे। देशभर लोडसेडिङ अन्त्य गरेर अगाडि बढेको बताउँदै उनले अहिलेको सुख्खा सिजनमा समेत केहीबाहेक धेरै हदसम्मको सुधार भइसकेको बताए। अहिले वितरण, उत्पादन र गुणस्तरमा काम गरिररहेको बताउँदै उनले पाँच वर्षभित्र सबैमा विजुली भन्ने नारालाई पूरा गर्न लागिरहेको बताए।

प्रकाशित मिति: १५:४० बजे, सोमबार, चैत २५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्