स्तन क्यान्सरबारे सचेत गराउँन घरदैलोमा मिस नेपाल पिसका प्रतियोगी
काठमाडौं, चैत २५ः स्तन क्यान्सरसम्बन्धी सेचत गराउँन स्काइफल मिस नेपाल पिस २०७५ का प्रतियोगी घरदैलोमा पुगेका छन्।
उनीहरू विश्व स्वास्थ्य दिवस....

काठमाडौं, चैत २५ः स्तन क्यान्सरसम्बन्धी सेचत गराउँन स्काइफल मिस नेपाल पिस २०७५ का प्रतियोगी घरदैलोमा पुगेका छन्।
उनीहरू विश्व स्वास्थ्य दिवसको अवसर पारेर आइतबार भक्तपुर दरबार स्क्वायर क्षेत्र आसपासका घरघरमा पुगेका हुन् । नेपाल बेष्ट क्यान्सर फाउन्डेसनकी अध्यक्ष सुनिता हिराचनको संयोजकत्वमा प्रतियोगीहरूले घरघरमा पुगेर क्यान्सरसम्बन्धी जानकारी दिएका हुन्।
‘क्यान्सर के हो ? कसरी लाग्छ ? यसबाट जोगिन के गर्न सकिन्छ ? भन्ने विषयमा प्रतियोगीले घरदैलोमा पुगेर जानकारी दिएका छन्,’ नेक्स्ट मोडल्सका अध्यक्ष रवी धमलाले भने । प्रतियोगिलाई सामाजिक उत्तरदायित्व बहन गराउन यसमा सहभागी गराइएको उनको भनाइ छ।
‘सशक्त महिला सबल राष्ट्र’ भन्ने नारासहित स्वास्थ्य पेसासँग सम्बन्धित सौन्दर्य प्रतियोगिता हो । नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तरदायित्व बोध गराउने उद्देश्यले ६ वर्षदेखि यो प्रतियोगिता आयोजना गरिदै आएको जनाएको छ।
पहिलो चरणबाट छानिएका २६ प्रतियोगी अहिले प्रशिक्षणको क्रममा छन् । उनीहरूले सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिललगायतका प्रशिक्षण लिइरहेको नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन्।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी बैशाख ७ गते होटल सोल्टी क्राउन प्लाजमा हुँदैछ । यसको विजेताले एक लाख नगदका साथै अमेरिका र अष्ट्रेलिया अध्ययनका लागि छात्राबृत्ति पाउने छन्।












