वरुण धवनकी प्रेमिकालाई ज्यान मार्ने धम्की
काठमाडौं, चैत २४ : बलिउड अभिनेता वरुण धवनकी प्रेमिका नताशा दलाललाई ज्यान मार्ने धम्की आएको छ । ज्यान मार्ने धम्कीपछि वरुणले प्रहरीमा उजरी दिएका छन्।
काठमाडौं, चैत २४ : बलिउड अभिनेता वरुण धवनकी प्रेमिका नताशा दलाललाई ज्यान मार्ने धम्की आएको छ । ज्यान मार्ने धम्कीपछि वरुणले प्रहरीमा उजरी दिएका छन्।
भारतीय मिडियाका अनुसार, घर अगाडि भेट्न आएकी एउटी फ्यानले ज्यान मार्ने धम्की दिएकी हुन् । वरुणले उनलाई नभेटेपछि उनी चिच्याएकी थिइन् । सुरक्षाकर्मीले उनलाई रोकेका थिए । त्यसपछि उनले नताशालाई मार्ने धम्की दिएकी हुन्।
वरुणका फ्यान भेट्न आउने गरेका छन् । उनीसँग सेल्फी लिन्छन् । तर, भेट्न नपाएको झोकमा ज्यानै मार्ने धम्की पहिलो पटक आएको जनाएको छ।
वरुण र नताशा लामो समयदेखि प्रेमसम्बन्धमा छन् । उनीहरू सानैदेखिका साथी पनि हुन् । नताशा फेसन डिजाइनर हुन्।
प्रकाशित मिति: १४:०७ बजे, आइतबार, चैत २४, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार