Kathmandu Press

सलमान खानले बनाउँदै छन् हरर फिल्म 

एजेन्सी, चैत २३: सलमान खान एक फ्यामिली हिरोको रुपमा परिचित छन्। किनभने आजसम्म न त हरर र सेक्सका विषयमा आधारित कुनै फिल्म खेलेका छैनन्। तर, अब सलम....

सलमान खानले बनाउँदै छन् हरर फिल्म 
Hardik ivf

एजेन्सी, चैत २३: सलमान खान एक फ्यामिली हिरोको रुपमा परिचित छन्। किनभने आजसम्म न त हरर र सेक्सका विषयमा आधारित कुनै फिल्म खेलेका छैनन्। तर, अब सलमनाले त्यो ट्यागलाई तोडेर हरर फिल्म बनाउने भएका छन्।

एजेन्सीका अनुसार सलमान ‘आदमखोर’ नामक हरर फिल्म बनाउने तयारीमा जुटेका छन्। यसका लागि पहिलो कदमको रुपमा उनले उक्त टाइटल आफ्नो नाममा रिजष्टर गराइसकेका छन्। सलमानले इण्डियन मोशन पिक्चर्स प्रोड्यूसर्स एसोसिएसन (आइएमपीपीए) सँग मिलेर फिल्मको नाम दर्ता गराएका हुन्।

‘आदमखोर’मा सलमान आफै प्रोड्युसर बन्ने छन्। सलमान अहिले उनको हिट फिल्म ‘दबङ’को तेस्रो सिक्वेलमा काम गर्दैछन्। त्यसपछि सलमान सञ्जय लीला भन्सालीको फिल्म ‘इन्शा अल्लाह’को सुटिङका लागि दौडिने छन्। 
 

प्रकाशित मिति: १५:२५ बजे, शनिबार, चैत २३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्