Kathmandu Press

झापामा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

भद्रपुर, चैत २३ : पानीसँगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्। 

शनिबार बिहान पानीसँगै प....

झापामा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
सांकेतिक तस्वीर

भद्रपुर, चैत २३ : पानीसँगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्। 

शनिबार बिहान पानीसँगै परेको चट्याङ लागेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका ४० वर्षीय प्रकाश राउतको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। मृतक राउतकी श्रीमती ३५ वर्षीया सुनिता राउत र उनकी भाउजु ३६ वर्षीया मञ्जु राउत चट्याङ लागेर घाइते भएको प्रहरीले जनाएको छ।

Hardik ivf

घाइते दुबै जनाको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ। शनिबार बिहान ८ बजे खेतमा काम गरिरहेका राउत परिवारलाई चट्याङ लाग्दा तीनै जना गम्भीर घाइते भएका थिए। घाइते तीनै जनालाई उपचारका लागि ओमसाई अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा प्रकाशको मृत्यु भएको प्रवक्ता श्रेष्ठले बताए।  


 

प्रकाशित मिति: १३:४६ बजे, शनिबार, चैत २३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्