Kathmandu Press

बोको हरामको बारुदी सुरुङमा ५६५ को मृत्यु

लागोस, चैत २२ : नाइजेरियाको सधैँजसो अशान्त भइरहने उत्तरपूर्वी क्षेत्रमा बोको हरामका सशस्त्र आतङ्ककारी समूहले थापेको बारुदी सुरुङमा परेर सन् २०१८ मा मा....

बोको हरामको बारुदी सुरुङमा ५६५ को मृत्यु
एजेन्सी

लागोस, चैत २२ : नाइजेरियाको सधैँजसो अशान्त भइरहने उत्तरपूर्वी क्षेत्रमा बोको हरामका सशस्त्र आतङ्ककारी समूहले थापेको बारुदी सुरुङमा परेर सन् २०१८ मा मात्र कम्तीमा पनि पाँच सय ६५ जनाको मृत्यु भएको छ।

संयुक्त राष्ट्रसंघको बारुदी सुरुङ नियन्त्रणसम्बन्धी निकायले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कमा उक्त जानकारी दिइएको हो । उनीहरुले यस्तो हिंसात्मक हमला अहिले पनि जारी नै राखेका छन्।

Hardik ivf

नाइजेरियाका बोको हरामहरुको जन्मस्थल मानिने माइदुगुरीमा आयोजना गरिएको एक कार्यक्रममा निकायका निर्देशक लियोनल पेचराले जानकारी दिएका हुन् । विश्वमा बारुदी सुरुङविरुद्धमा अभियान सञ्चालन गर्ने क्रममा माइदुगुरीमा बारुदी सुरुङका विरुद्धमा जनचेतना कार्यक्रम सञ्चालन गरिएको थियो।

बोको हरामले सडक आसपास मात्र नभएर खेतीपाती र अन्यत्र जथाभाबी बारुदी सुरुङ थाप्ने गरेकाले आम मानिसमा त्रास फैलिएको र किसानहरुलाई खेतबारीमा जान डर हुने गरेको उनले बताए।

‘बारुदी सुरुङ निकै खतरनाक भएकाले यसका कारण नागरिकमा पनि ठूलो त्रास बढेको, सर्वसाधारण नागरिक निर्धक्क भएर बाटो हिँड्न या आफ्नो खेतीबालीमा जान पनि नसक्ने अवस्था आएको छ,’ उनले भने । उनले संसारमा नै यस्तो घातक कार्यको विरोध गर्न र संसारका नागरिकलाई यसका विरुद्धमा सचेत हुन सक्नेगरी सन्देश दिन आग्रह गरे।

बोको हरामको हिंसाका कारण सन् २००९ देखि हालसम्म कम्तीमा २० हजार नागरिकको ज्यान गइसकेको छ । यो नागरिक हत्याको क्रम प्रतिदिन बढ्दो रुपमा रहेको जनाएको छ।

उनीहरुको हिंसाका कारण यहाँका करिब २६ लाख नागरिक घरबारबिहीन भएका छन् । त्यसैगरी अरु लाखौँ नागरिकले आफ्नो घरबास नै छाडेर आन्तरिक तथा बाह्य रुपमा नै शरणार्थीका रुपमा बाँच्नु परिरहेको छ।

चाड, नाइजर र क्यामरुनमा सक्रिय यस चरमपन्थी समूहले सन् २०१५ मा इस्लामिक स्टेट लडाकू समूहसँग सहकार्य गरेको घोषणा गरेको थियो। (सिन्ह्वा)

प्रकाशित मिति: १४:३२ बजे, शुक्रबार, चैत २२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्