हिमपहिरोमा डोल्पाका तीन युवक बेपत्ता
डोल्पा, चैत २२ : माथिल्लो डोल्पामा हिमपहिरोमा परी तीन युवक वेपत्ता भएका छन्।
माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढ....

डोल्पा, चैत २२ : माथिल्लो डोल्पामा हिमपहिरोमा परी तीन युवक वेपत्ता भएका छन्।
माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टा शे गुम्बास्थित कैलाश पर्वतमा तीर्थव्रतका लागि जाँदै गर्दा तीन जना बेपता भएको जिल्ला प्रहरी कार्यालय, डोल्पाले जनाएको छ।
प्रहरीका अनुसार, शे–फोक्सुण्डो गाउँपालिका–३ का फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ वेपत्ता भएका हु । उनीहरू कैलाश पर्वत जाने क्रममा चैत १७ गते वेपत्ता भएको डोल्पा जिल्ला प्रहरी कार्यालयका डीएसपी अवदेश बिष्टले बताए।
प्रहरी तथा स्थानीय बासिन्दा घटनास्थलमा पुग्न सकेका छैनन् । अत्यधिक हिउँ परेका त्यहाँ जान नसकिएको डीएसपी बिष्टले बताए।
प्रकाशित मिति: ११:०७ बजे, शुक्रबार, चैत २२, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार












