Kathmandu Press

चुनाव प्रचारमा गहुँ काट्दा हेमा मालिनी बनिन् ट्रोल

काठमाडौं, चैत २१ : प्रख्यात बलिउड अभिनेत्री हिमा मालिनीले चुनाव प्रचारका क्रममा गहुँ काटेको फोटो ट्वीट गरेपछि ट्रोलको फन्दामा परेकी छन्।

बलि....

चुनाव प्रचारमा गहुँ काट्दा हेमा मालिनी बनिन् ट्रोल

काठमाडौं, चैत २१ : प्रख्यात बलिउड अभिनेत्री हिमा मालिनीले चुनाव प्रचारका क्रममा गहुँ काटेको फोटो ट्वीट गरेपछि ट्रोलको फन्दामा परेकी छन्।

बलिउडकी ‘ड्रिम गर्ल’ पछिल्लो समय राजनीनिमा सक्रिय छिन् । उनी भारतीय जनता पार्टीबाट आउदो लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन्।

उत्तर प्रदेशको मथुराबाट उम्मेदवारी बनेकी उनी यतिबेला चुनाव प्रचारमा छिन्।

यहि क्रममा उनले मथुरामा गहुँ काट्न खेतमा पुगेकी थिइन् । उनले गहुँ काटेको फोटो ट्वीटरमा राखेकी छन्।

उनले फोटो राखेसँगै ट्रोल बनेकी हुन् । सामाजिक संजाल प्रयोगकर्ताले उनका श्रीमान धर्मेन्द्रसँग जोड्दै व्यंग्य गरेका छन्।

कतिपयले पाँच वर्षसम्म केही नगरेको र अहिले गहुँ काटेको नाटक गरेको आरोप पनि लगाएका छन्। कतिपयले गाली समेत गरेका छन्।

प्रकाशित मिति: १३:४९ बजे, बिहीबार, चैत २१, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्