Kathmandu Press

सेञ्चुरी बैंकले नगद लाभांस र बोनस सेयर दिने

काठमाडौं, चैत २१ : सेञ्चुरी कमर्सियल बैंकले ४.५ प्रतिशत नगद लाभांस र दुई प्रतिशत बोनस सेयर दिने भएको छ।

वैशाख १२ गते आठौं वार्षिक साधारणसभा ....

सेञ्चुरी बैंकले नगद लाभांस र बोनस सेयर दिने

काठमाडौं, चैत २१ : सेञ्चुरी कमर्सियल बैंकले ४.५ प्रतिशत नगद लाभांस र दुई प्रतिशत बोनस सेयर दिने भएको छ।

वैशाख १२ गते आठौं वार्षिक साधारणसभा डाकेको बैंकले चुक्ता पूँजी आठ अर्ब ४१ करोड रुपैयाँ पु¥याउने भएको छ । बैंकले ४.५ प्रतिशतबाट हुन आउने १६ करोड ५० लाख रुपैयाँ नगद लाभांसको प्रस्ताव गरेको हो । दुई प्रतिशत बोनस शेयर दिएर चुक्ता पूँजी आठ अर्ब ४१ करोड रुपैयाँ पु¥याउने भएको छ।

बैंकले सहायक कम्पनी स्थापना गरि ब्रोकरको काम गर्ने व्यवस्थाको लागि प्रबन्धकपत्र संशोधन गर्ने विशेष प्रस्ताव साधारणभामा लैजाने भएको छ । राष्ट्र बैंकले सहायक कम्पनीमार्फत ब्रोकरको काम गर्न खुला गरिसकेको छ । बैंकले सर्वसाधारण समूहबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने भएको छ।

गत आर्थिक वर्षमा सामाजिक उत्तरदायित्वअन्तर्गत गर्नुपर्ने खर्च नियमभन्दा बढि देखिएकाले उक्त खर्च अनुमोदनका लागि साधारणसभामा पेश गर्ने छ । बैंकले सीमाभन्दा बढि १० लाख १४ हजार रुपैयाँ खर्च गरेको छ । नियमअनुसार बैंकहरूले नाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वअन्तर्गत अनिवार्य खर्च गर्नु पर्ने व्यवस्था छ।

वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले चैत्र २९ गतेदेखि वैशाख १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । चैत्र २८ गतेसम्म कायम सेयरधनीले लाभांस पाउने छन् । साथै सञ्चालक समितिको निर्वाचनमा भाग लिन सक्ने छन्।

 

प्रकाशित मिति: ११:५५ बजे, बिहीबार, चैत २१, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्