आजदेखि मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
काठमाडौं, चैत २१ : सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले आयोजना गर्न लागिएको नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौं....

काठमाडौं, चैत २१ : सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले आयोजना गर्न लागिएको नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौं संस्करण आजदेखि सुरु हुने भएको छ।
मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा यहि चैत २१– २४ सम्म काठमाडौंको कमल पोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा महोत्सव हुनेछ।
सांगीतिक कार्यक्रम र जर्मनका चलचित्रकर्मी जिम क्याप्र्ट एज्ड बेस्टियन फिस्चेरले निर्देशन गरेको ‘द मार्च अफ होप स्काई’ फिल्मबाट महोत्सवको सुरुवात हुने महोत्सव निर्देशक पाण्डव केसीले बताए ।
महोत्सवको उद्घाटन राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गर्ने छन्।
महोत्सवमा संसारभरका मानवअधिकारका विषयमा बनेका वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनलगायत ८१ वटा चलचित्र प्रदर्शन गरिने छन्।
महोत्सवमा नेपालबाट दुई दर्जनभन्दा बढी चलचित्र महोत्सवमा देखाइने जनाएको छ।
यस पटकको महोत्सवमा पछिल्लो समय विश्वमा आन्तरिक राजनीतिक विवाद, हिंसात्मक विद्रोह, जातीय दंगा र आतंकवादी क्रियाकलापका कारण विस्थापितको कथामा निर्माण भएका चलचित्रलाई प्राथमिकतामा राखिएको निर्देशक केसीले बताए।
प्रत्येक दिन चलचित्र प्रर्दशनपछि अन्तरक्रियापनि गरिने छ।












