लेखापाल व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि
काठमाडौं, चैत २०ः दक्षिण एसियाली लेखा व्यावसायी महासंघ (साफा) को अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ।
‘सक्षम व्....

काठमाडौं, चैत २०ः दक्षिण एसियाली लेखा व्यावसायी महासंघ (साफा) को अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ।
‘सक्षम व्यवसायिक वातावरण र आर्थिक विकास’ भन्ने नाराका सुरू हुन लागेको सम्मेलनमा अन्तर्राष्ट्रिय व्यापार अवसर चुनौती, राष्ट्रको उन्नतिमा वैदेशिक सहायताको भूमिका र दीर्घकालिन विकासबारे छलफल हुने आयोजक नेपाल चार्टर एकाउन्टेन्स संस्थाले जनाएको छ।
बुधबार पत्रकार सम्मेलन गरी नेपाल चार्टर एकाउन्टेन्स संस्थाले बिहीबारदेखि शनिबारसम्म चल्ने सम्मेलनमा २ सय ५० भन्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखा व्यवसायी सहभागी हुने बताएको हो। चैत २१ गते साफाको ५८ औं बोर्ड बैठकको आयोजना गर्ने र बैठकमा नीतिगत तथा रणनीतिगत सन्दर्भहरुमा छलफल गर्ने तयारी रहेको आयोजकले जनाएको छ।











-1754206481.jpg)