सङ्खुवासभामा चट्याङ लागेर दुईको मृत्यु
सङ्खुवासभा, चैत २०: सङ्खुवासभामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। पाँचखपन नगरपालिका–९ मन्दिकाटारकी सीता विश्वकर्मा र सुकुमाया लि....

सङ्खुवासभा, चैत २०: सङ्खुवासभामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। पाँचखपन नगरपालिका–९ मन्दिकाटारकी सीता विश्वकर्मा र सुकुमाया लिम्बूको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
दिउँसो साढे २ बजे घरमा बसिरहेका बेला नजिकैको विद्युतको खम्बामा चट्याङ परेको थियो। चट्याङको झड्काले बेहोस भएका उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख मिङ्मा शेर्पाका अनुसार घरमा काम गरिरहेको बेला अकस्मात चट्याङ पर्दा दुई महिलाको मुत्यु भएको हो। शव आफन्तलाई जिम्मा लगाएर जातीय परम्पराअनुसार दाहसंस्कार गरिएको छ।
प्रकाशित मिति: १९:१३ बजे, बुधबार, चैत २०, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार












