सुदूरपश्चिम प्रदेशसभामा नियमावली संशोधनको मस्यौदा टेबुल
धनगढी, चैत २०: सुदूरपश्चिम प्रदेशसभाको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को पहिलो संशोधन मस्यौदासहितको प्रतिवेदन टेबुल गरिएको छ।
बुधबार ....

धनगढी, चैत २०: सुदूरपश्चिम प्रदेशसभाको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को पहिलो संशोधन मस्यौदासहितको प्रतिवेदन टेबुल गरिएको छ।
बुधबार बसेको बैठकमा नियमावली संशोधन मस्यौदा समितिका संयोजक प्रदेशसभा सदस्य वीरमान चौधरीले उक्त प्रतिवेदन टेबुल गरेका हुन्। उक्त नियमावलीका विभिन्न ६ वटा बुँदामा संशोधनको प्रस्ताव गरिएको छ। बैठकमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले यसअघिका बैठकको शून्य समय र विशेष समयमा सदस्यहरुले उठाएका मन्त्रालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिएका थिए।
उनले कर्मचारी खटनपटनमा भएको ढिलाइले मन्त्रालय मातहतका निकायको काममा सोचेअनुसारको प्रगति हुन नसके पनि कार्य सम्पादन निरन्तर भइरहेको बताए। चालू वर्षको दोस्रो चौमासिक अवधिमा मन्त्रालयको वित्तीय प्रगति दश प्रतिशत रहेको जानकारी उनले दिए। ‘सुदूरपश्चिम प्रदेश लोकमार्ग विधेयक २०७५’माथि सामान्य छलफल गरियोस् भनी मन्त्री बोहराले प्रस्तुत गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ।
प्रस्तावमाथि भएको छलफलमा भाग लिने सदस्यले प्रदेशभरिका सडकलाई वर्गीकरण गरी तिनको सही ढङ्गले व्यवस्थापन गर्न जरुरी रहेको, उत्तर दक्षिण जोड्ने सडक निर्माणलाई महत्व दिन, सडक क्षेत्र मिचेर घर संरचना बनाउने प्रवृत्ति निरुत्साहित गर्न र भएका सडकको उचित व्यवस्थापनमा ध्यान दिन जरुरी रहेको बताएका थिए।
छलफलमा नेपाल कम्युनिष्ट पार्टीका लीलाधर भट्ट, महेशदत्त जोशी र नेपाली कांग्रेसका भरतबहादुर खड्काले भाग लिएका थिए। अर्को बैठक चैत २५ गते दिउँसो २ बजे बस्नेछ। रासस









-(86)-1764936079.jpg)


-1764760320.jpg)