कर्णाली प्रदेश सुशासन ऐन पारित
सुर्खेत,चैत २०: कर्णाली प्रदेशको प्रदेशसभा बैठकले ‘कर्णाली प्रदेश सुशासन ऐन, २०७५’ पारित गरेको छ। विधायन तथा प्रदेश मामिला समितिमा छलफलपछि....
सुर्खेत,चैत २०: कर्णाली प्रदेशको प्रदेशसभा बैठकले ‘कर्णाली प्रदेश सुशासन ऐन, २०७५’ पारित गरेको छ। विधायन तथा प्रदेश मामिला समितिमा छलफलपछि संशोधनसहित विधेयक पारित भएको हो।
बुधबारको बैठकमा समितिका अध्यक्ष पदम रोकायाले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले समितिको प्रतिवेदनलाई विधेयकको अभिन्न अंगका रुपमा स्वीकार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
त्यस्तै ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई पहिलो संशोधन गर्न बनेको विधेयक’ माथि संशोधनका लागि ७२ घण्टे समय सीमा लागू भएको छ। विधेयकमाथि सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुखले संशोधनको सूचना जारी गरेका थिए।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाका तर्फबाट कानूनमन्त्री नरेश भण्डारीले उक्त विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भनी प्रस्ताव राखेका थिए। रासस