Kathmandu Press

नेपालको आर्थिक वृृद्धिदर ६.३ प्रतिशत हुने एडीबीको प्रक्षेपण

काठमाडौं, चैत २०ः एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षको नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशतले हुने प्रक्षेपण गरेको छ। एडीबीले आगामी वर....

नेपालको आर्थिक वृृद्धिदर ६.३ प्रतिशत हुने एडीबीको प्रक्षेपण

काठमाडौं, चैत २०ः एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षको नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशतले हुने प्रक्षेपण गरेको छ। एडीबीले आगामी वर्षको पनि आर्थिक वृद्धिदर ६.२ प्रशितले हुने अनुमान गरेको छ।

एडीबीले आगामी सन् २०२० सम्मको नेपालको आर्थिक वृृद्धिदरको प्रक्षेपण समेत गरेको छ। एडीबीका अनुसार सन् २०१९ मा ६.२ प्रतिशत हुने अनुमान गरेको छ। सन् २०२० मा ६.३ प्रतिशत वृद्धिदर हुने प्रक्षेपण समेत गरेको छ। एडीबीका अनुसार सन् २०१७ मा नेपालको आर्थिक वृद्धिदर ७.९ प्रतिशत रहेको समेत बताएको छ। 

एडीबीले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु अर्थिक वर्षमा कृषि क्षेत्रको विस्तार ४.५ प्रतिशत पुग्न सक्ने प्रक्षेपण गरेको छ। मनसुन राम्रो हुँदा धानको उत्पादन अघिल्लो वर्षभन्दा ८.४ प्रतिशतले वृद्धि भई ५५ लाख टन पुग्ने अनुमान एडीबीको छ। एडीबीले खुद्रा व्यापार, होटल र रेस्टुरेन्ट तथा वित्तीय सेवा क्षेत्र ६.४ प्रतिशतले बढ्न अनुमान समेत गरेको छ।

एडीबीको प्रतिवेदन अनुसार भारतमा मुद्रास्र्फिती केही उच्च रहने, पेट्रोलियम पदार्थको मूल्य स्थिर रहने समेत उल्लेख गरिएको छ। सरकारी खर्च उच्च रहने कुरालाई प्रतिविम्बित गर्दै मूल्यवृद्धि ४.२ प्रतिशतबाट बढेर ४.४ प्रतिशतमा पुग्ने अनुमान एडीबीको छ। विद्युत् आपूर्ति र लगानीको वातावरण सुधारका प्रयत्नका कारण औद्योगिक क्षेत्र ७.१ प्रतिशतले विस्तार हुने अनुमान छ। 

आर्थिक वर्षको पहिलो ७ महिनामा पूँजीगत खर्च बढे पनि यसको कार्यान्वयन भने २२.५ प्रतिशतमात्र छ। जसले गर्दा फेरि पनि आयोजनाहरुको गुणस्तरमा नजर अन्दाज हुने र आर्थिक वर्षको अन्तिम महिनामा मात्र खर्च गर्ने प्रवृत्ति हावी हुने एडीबीले औंल्याएको छ। विप्रेषण आम्दानीको राम्रो वृद्धि र पेट्रोलियम पदार्थको मूल्य स्थिर रहे पनि पूँजीगत र उपभोग्य वस्तु तथा सेवाको आयात बढ्नाले अघिल्लो वर्षको कुल ग्राहस्थ उत्पादन ८.२ प्रतिशतबाट बढेर चालु खाता घाटा ९.३ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ।

एडीबीका नेपालका लागि आवासीय निर्देशक मुख्तोर खामुद्खानोभले भने, ‘सबल आन्तरिक मागको आधारमा आर्थिक परिदृश्य स्थिरतातर्फ उन्मुख छ। जसलाई भूकम्पपछिको तीव्र पुनर्निर्माण एवम् प्रदेश र स्थानीय सरकारलाई ठूलो परिमाणमा बजेट विनियोजनले मद्दत पुर्‍याएको छ।’

एडीबीको प्रक्षेपण कुन वर्ष कति आर्थिक वृद्धि?


 

प्रकाशित मिति: १७:३७ बजे, बुधबार, चैत २०, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्