प्रियंकाले बेलायती म्यागजिनविरुद्ध मानहानीको मुद्दा हाल्ने
काठमाडौं, चैत २० : बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसले सम्बन्धविच्छेदसम्बन्धी समाचार लेख्ने मिडियाविरुद्ध मानहानीको मुद्दा हाल्ने भएका छन्।
काठमाडौं, चैत २० : बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसले सम्बन्धविच्छेदसम्बन्धी समाचार लेख्ने मिडियाविरुद्ध मानहानीको मुद्दा हाल्ने भएका छन्।
हलिउडको ओके म्यागजिनले प्रियंका र निकले सम्बन्धविच्छेद गर्न लागेको खबर छापेको थियो । केही समययता उनीहरूको सम्बन्ध बिग्रिएदै गएको र सम्बन्धविच्छेद गर्ने अवस्थामा पुगेको दावी गरेको थियो।
प्रियंका र निकले त्यो झुठो समाचार भएको जनाउँदै आफूहरूको सम्बन्धी राम्रो रहेको बताएका छन्।
प्रियंकाको लिगल टिमले म्यागजिनसँग कुराकानी गरेर समाचारको खण्डन गर्न लगाउने जनाएको छ । म्यागजिनले खण्डन नगरे मानहानीको मुद्दा हाल्ने तयारी भएको भारतीय मिडियाले जनाएका छन्।
प्रकाशित मिति: १४:५७ बजे, बुधबार, चैत २०, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार