Kathmandu Press

लन्डनमा मिलन र राजनराजलाई ‘वान्समोर’

काठमाडौं, चैत २० : ‘जहिलेसम्म संसारमा’ गीतबाट कन्सर्ट शुरुआत गर्ने वितिक्कै दर्शकको तालीले हल थर्कियो। त्यसलगत्तै झुमि रहेका दर्शक उफ्रिन ....

लन्डनमा मिलन र राजनराजलाई ‘वान्समोर’

काठमाडौं, चैत २० : ‘जहिलेसम्म संसारमा’ गीतबाट कन्सर्ट शुरुआत गर्ने वितिक्कै दर्शकको तालीले हल थर्कियो। त्यसलगत्तै झुमि रहेका दर्शक उफ्रिन थाले, जब ‘बट स्लोली स्लोली’ गुञ्जियो । दर्शकको भिडले ‘वान्समोर’ भनिरहँदा ‘गाला रातै गाला रातै’ गीत बज्न थाल्यो । दर्शक झन नाच्न थाले।

यो दृश्य हो, बेलायतको साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टको । मञ्चमा थिए, लोकप्रिय कलाकार मिलन नेवार र राजनराज सिवाकोटी । उनीहरूले सुनाएका आधादर्जन गीतमा दर्शक ननाचेको कुनै पल थिएन्।

Hardik ivf

सुनसरीको शहीद स्मृति आवासीय माध्यमिक विद्यालयका द्वन्द्वपीडित बालबालिकालाई सहयोगका लागि रकम जुटाउन उनीहरू बेलायत यात्रामा छन्।

‘मिरा सांगीतिक साँझ’ नाम दिइएको यो यात्राको आइतबार साँझ दोस्रो कार्यक्रम गोल्डेनसीप रेस्टुरेन्टमा भएको थियो । यसअघि शनिबार उनीहरूले अल्डरसटमा पहिलो कार्यक्रम गरेका थिए।

मिलनले प्रेमिल गीत गाउँदा राजनराजले राष्ट्रिय भावनाले ओतप्रोत गीत पस्के । उनले ‘मनले नेपाल नेपाल भनिरहोस्’ सुनाए । कुटुमा कुटु, सुर्के थैली, पूर्व पश्चिम रेल, गोजीमा दाम छैन् लगायतका गीतले दर्शक मन्त्रमुग्ध भए।

मिलन च्यारिटी फाउन्डेसन नेपाल, अग्रगामी समूह बेलायत र आदिवासी चलचित्र महासंघ बेलायतको संयुक्त आयोजनामा ‘मिरा सांगीतिक साँझ’ आयोजना गरिएको हो।

शहीद तथा बेपत्ता परिवारका चार सय असहाय बालबालिका अध्ययनरत शहीद स्मृति आवासीय माध्यमिक विद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, सिमान्तकृत, अल्पसंख्यक तथा बहिष्करणमा पारिएका समुदायका बालबालिकालाई पनि शैक्षिक अवसर प्रदान गर्ने उद्देश्यले बेलायतमा कन्सर्ट गरिरहेको मिलनले बताए।

यो यात्राका क्रममा ६ अप्रिलमा आसफोर्ड र ७ अप्रिलमा द वेयर हाउस सेन्चुरी जक्सन रेडिङमा सांस्कृतिक कार्यक्रम हुनेछ।

प्रकाशित मिति: १३:१७ बजे, बुधबार, चैत २०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्