Kathmandu Press

पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ जेठ पहिलो साता आइपुग्ने

काठमाडौं, चैत १९ः भारतबाट नेपालमा पाइपलाइनमार्फत ल्याउने भनिएको पेट्रोलियम पदार्थ जेठ पहिलो सातामात्रै आइपुग्ने भएको छ। 

पाइपलाइन ....

 पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ जेठ पहिलो साता आइपुग्ने
फाइल फोटो

काठमाडौं, चैत १९ः भारतबाट नेपालमा पाइपलाइनमार्फत ल्याउने भनिएको पेट्रोलियम पदार्थ जेठ पहिलो सातामात्रै आइपुग्ने भएको छ। 

पाइपलाइन निर्माणको काम बैशाख अन्तिमसम्म सकिने र जेठ पहिलो हप्ताभित्र पेट्रोलियम पदार्थ नेपाल आइपुग्ने नेपाल आयल निगमले जनाएको छ। ‘पेट्रोलियम पदार्थ जेठको पहिलो हप्तासम्ममा नेपालमा पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ नेपाल आउँछ,’  नेपाल आयल निगमका निर्देशक भानुभक्त खनालले भने। 

७० किलोमिटरको पाइपलाइन भारतको मोतिहारीदेखि  रक्सौल हुँदै बाराको  अमलेखगञ्ज पेट्रोलियम पदार्थ आउने छ। खनालका अनुसार पथलैयादेखि अमलेखगञ्जसम्म ८ किलोमिटरमा ६ हजार ५ सय ६३ रुख कटान गर्नुपर्नेमा २ किलोमिटर क्षेत्रमा रुख कटान सकिएको समेत जानकारी दिए। 

रुख कटान गरेर पाइलाइन बिछ्याउन समय लाग्ने भएकाले भनेको वैशाख महिनाको अन्तिममा काम सकेर जेठको पहिलो हप्तामा पेट्रोलियम पदार्थ ल्याउने आन्तरिक लक्ष्य रहेको खनालले जानकारी दिए। बैशाखमै ल्याउने लक्ष्य राखिएको भएपनि प्राविधिक कारणले जेठसम्म धकेलिएको खनालको भनाइ छ। गत वर्ष भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदराबाद हाउसबाट संयुतmरुपमा मोतीहारी अमेलेखगञ्ज पेट्रोललियम पाइपलाइनको शिलान्यास गरेका थिए। 

पाइपाइपलाइनबाट प्रतिघण्टा ३ किलोलिटर प्रेट्रोलियम पदार्थ आउने अनुमान गरिएको छ। पेट्रोलियम पदार्थ भित्रिएपछि निगमको वार्षिक सवा अर्ब रुपैयाँ बचत हुने निगमको अनुमान छ।
 

प्रकाशित मिति: १९:३० बजे, मंगलबार, चैत १९, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्