Kathmandu Press

एक वर्षमा देशभर ११ सय १८ किलोमिटर सडक ग्राभेल

काठमाडाैं, चैत १९:  चालू आर्थिक वर्षको हालसम्मको अवधिमा देशभर एक हजार ११८ किलोमिटर सडक ग्राभेल भएको छ। गत फागुनसम्ममा देशभरका विभिन्न सडक स्....

एक वर्षमा देशभर ११ सय १८ किलोमिटर सडक ग्राभेल
फाइल फोटो

काठमाडाैं, चैत १९:  चालू आर्थिक वर्षको हालसम्मको अवधिमा देशभर एक हजार ११८ किलोमिटर सडक ग्राभेल भएको छ। गत फागुनसम्ममा देशभरका विभिन्न सडक स्तरोन्नतिका क्रममा सडक ग्राभेल भएको भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले जनाएको छ।

विभिन्न राजमार्गमा ग्राभेलको काम तीव्रगतिमा भइरहेको प्रवक्ता शिवहरि सापकोटाले बताए। उनका अनुसार मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग लगायतका सडकमा प्रगति भएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गतमा ९० किलोमिटर ग्राभेल भएको छ। गत फागुनसम्म हुलाकी राजमार्गमा ६७ किलोमिटर सडक ग्राभेल भएको छ।

Hardik ivf

मदन भण्डारी राजमार्गमा धरानबाट चतरा हुँदै हेटौँडा सडकमा १०० किलोमिटर ग्राभेल भएको उनले बताए। उनले भने,'यी सडकमा आगामी आर्थिक वर्षसम्ममा कालोपत्र गरिसक्ने योजना छ।'  सरकारले विशेष महत्व दिएका राजमार्गमा कालोपत्रसँगै ग्राभेलको कामले गति लिइरहेको मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षमा नै ७४७ किलोमिटर कालोपत्र सम्पन्न भएको प्रवक्ता सापकोटाले बताए।  यस वर्ष नै ७२१ किलोमिटर सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको उनले बताए।

उनका अनुसार चालू आर्थिक वर्षमा कतिपय सडकमा विनियोजित बजेट खर्च भएर अर्थ मन्त्रालयबाट थप रकम माग गरिएको छ। उनले भने,'कतिपय सडकमा द्रूत गतिमा निर्माण कार्य भइरहेकाले विनियोजित बजेट खर्च भइसकेर अर्थ मन्त्रालयबाट  थप रकम माग भएको छ।' रासस

प्रकाशित मिति: १९:१८ बजे, मंगलबार, चैत १९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्