Kathmandu Press

राष्ट्र बैंकले तीन अर्ब ८९ करोड लगानी गर्ने  

काठमाडौं, चैत  १९: नेपाल राष्ट्र बैंकले तीन अर्ब ८९ करोड ७१ लाख रूपैयाँ रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ।

केन्द्रीय बैं....

राष्ट्र बैंकले तीन अर्ब ८९ करोड लगानी गर्ने  

काठमाडौं, चैत  १९: नेपाल राष्ट्र बैंकले तीन अर्ब ८९ करोड ७१ लाख रूपैयाँ रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले मंगलबार एक सूचनामार्फत ‘क’ वर्गका वाणिज्य बैंकमा तीन अर्ब १६ करोड ७५ लाख, ‘ख’ वर्गका विकास बैंकमा ५३ करोड ४८ लाख र ‘ग’ वर्गका राष्ट्रिय वित्त कम्पनीमा १९ करोड ४८ लाख रूपैयाँ बराबरको लगानी गर्ने भएको छ।  बैंकले आगामी वैशाख २ देखि २०७७ साल वैशाख १ गतेसम्म कूल एक वर्षका लागि मुद्दति निक्षेपमा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी लगानी गर्ने भएको छ।

बैंकले यही चैत २१ गते बिहीबारभित्र प्रस्ताव पेश गर्न बैंक तथा वित्त कम्पनीलाई आग्रह गरेको छ।  केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा कम रहेको हुनुपर्ने शर्त पूरा गर्नुपर्नेछ। 

यस्तै, रकम लिने बैंक तथा वित्तीय संस्थाले अघिल्लो आर्थिक वर्षमा मुनाफा हासिल गरेको, त्यस्ता संस्थाको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक कारवाहीमा परेको हुन नहुने र समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको ५ महिना पूरा भएको हुनुपर्ने शर्त पूरा गरेका संस्थाले त्यस्तो रकम लिन पाउने उल्लेख छ। रासस
          
            
 

प्रकाशित मिति: १८:५३ बजे, मंगलबार, चैत १९, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्