Kathmandu Press

राष्ट्रिय विकास परिषदको बैठक बस्दै, पन्ध्रौ योजनाको आधारपत्रमा छलफल हुने

काठमाडौं, चैत १९: प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय विकास परिषद्‍को बैठक बुधबार बस्ने भएको छ। प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक केपी श....

राष्ट्रिय विकास परिषदको बैठक बस्दै, पन्ध्रौ योजनाको आधारपत्रमा छलफल हुने

काठमाडौं, चैत १९: प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय विकास परिषद्‍को बैठक बुधबार बस्ने भएको छ। प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक केपी शर्मा ओलीले परिषद्‍को बैठक बोलाएका हुन्। 

दुई दिनसम्म चल्ने परिषद् बैठकमा राष्ट्रिय योजना आयोगले तयार पारेको पन्ध्राैं योजनाको आधारपत्रमाथि छलफल हुनेछ। आयोगका सहसचिव डा. किरण रुपाखेतीका अनुसार बैठकले पन्ध्रौं योजनाको आधारपत्रलाई अन्तिमरुप दिनेछ।  २५ वर्षे विकास अवधारणासहित पन्ध्रौं योजनाको तयारी गरिरहेको भन्दै त्यसैको आधारपत्रलाई अन्तिमरुप दिन परिषद् बैठक बोलाइएको जानकारी दिए। उनले पन्ध्रौं योजनालाई नीतिगत फड्को मार्ने लक्ष्यका रुपमा लिएको बताए।

आयोगका उपाध्यक्ष प्रा. डा. पुष्प कँडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई मूल लक्ष्य बनाएर दीर्घकालीन रणनीति बनाइएको जानकारी दिए। उनले परिषद् बैठकबाट प्राप्त हुने सुझावलाई समेटेर आधारपत्रलाई अन्तिम रुप दिएर मन्त्रिपरिषद्‍मा प्रस्ताव पठाउने बताए। आयोगले वैशाख पहिलो सातासम्ममा आधारपत्र सार्वजनिक गर्ने पनि उनले जानकारी दिए। कँडेलले तीनवटा योजना त्रिवर्षीय बनेका र राजनीतिक स्थायित्वसँगै पञ्चवर्षीय योजनाको तयारी गरिएको उल्लेख गरे। 

योजनाको आधारपत्र तयारीका क्रममा स्थानीय, प्रदेश सरकार र निजी क्षेत्रसमेतको सहभागितामा छलफल गरिएको बताए।  तीव्र विकास र उच्च आर्थिक वृद्धिको लक्ष्यसहितको दीर्घकालीन योजनाको आधार तयार गरेको समेत उनको भनाइ छ। संघीयताको कार्यान्वयन गर्ने पहिलो योजना भएकाले यसको विशेष महत्व रहेको बताए। 
 

प्रकाशित मिति: १७:०४ बजे, मंगलबार, चैत १९, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्