व्यापार मेलामा १५ करोडको कारोबार
काठमाडौं, चैत १८: नेपाल उद्योग वाणिज्य महासंघले भृकुटीमण्डपमा आयोजना गरेको अन्तर्राष्ट्रिय व्यापार मेलामा १ लाख ५६ हजारले मेलामा अवलोकन गरेका छन्....

काठमाडौं, चैत १८: नेपाल उद्योग वाणिज्य महासंघले भृकुटीमण्डपमा आयोजना गरेको अन्तर्राष्ट्रिय व्यापार मेलामा १ लाख ५६ हजारले मेलामा अवलोकन गरेका छन्।
पाँचदिन सम्म चलेर सोमबार सकिएको मेलामा १५ करोड बराबरको कारोबार भएको महासंघका सहायक निर्देशक ईश्वरी ढकालले जानकारी दिए। यसवर्षको मुख्य आकर्षक नेपालको हस्तकला,अल्लोको वस्तुमा धेरै भएको समेत बताए। यस पटकको मेलामा स्वदेशी तथा विदेशी गरी २ सय २५ बिक्री तथा प्रदर्शनी कक्ष थियो।
मेलामा भारत, चीन, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका उद्यमी व्यवसायीको सहभागिता थियो। ‘मेलाको मुख्य उद्देश्य निर्यातयोग्य वस्तुहरुको प्रवर्द्वन गर्नु थियो। मेला गतवर्षको भन्दा धेरै राम्रो भयो’, उनले भने। यो महासंघले आयोजना गरेको आठौँ मेला हो।
ढकालका अनुसार, मेलामा व्यापार, हस्तकलाका उत्पादन र नेपाल व्यापार एकीकृत रणनीतिअन्तर्गत समेटिएका बढी भ्यालु एडिशन भएका निर्यातयोग्य वस्तुहरु राखिएको थियो। लगानी सम्मेलनमा सहभागी हुन आउने विदेशी पाहुनाले पनि मेला हेर्ने मौका पाए।
मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यावसायिक सूचना,कृषि उत्पादन, ऊर्जा,भवन तथा निर्माण, शिक्षालगायत विधागत क्षेत्रका छुट्टाछुट्टै स्टल रहेका थिए। जबमध्ये ८५ बढी स्वदेशी तथा चीनका ९०, भारतका १०, बङ्गलादेशका ४० र पाकिस्तानका दुई स्टल थिए।











-1754206481.jpg)