हिमालय एयरलाइन्सको काठमाडौं–युएई उडान सुरू
काठमाडौं, चैत १८ः हिमालय एयरलाइन्सले काठमाडौं–युएईमा उडान सुरु गरेको छ। एयरलाइन्सले अबुधावीमा हप्ताको तीन दिन उडान गर्ने भर्नेछ। हिमा....

काठमाडौं, चैत १८ः हिमालय एयरलाइन्सले काठमाडौं–युएईमा उडान सुरु गरेको छ। एयरलाइन्सले अबुधावीमा हप्ताको तीन दिन उडान गर्ने भर्नेछ। हिमालय एयरलाइन्सको एचनाइन ५६७ विमानले काठमाडौंबाट अबुधावीको लागि उद्घाटन उडान समेत गरेको छ।
काठमाडौंको त्रिभुवन विमानस्थलबाट १४८ यात्रुसहित साँझ साढे ९ बजे अबुधावी उडेको एयरलाइन्सको एचनाइन ५६७ विमानले अबुधावीको अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार १२ बजेर ५३ मिनेटमा अवतरण गरेको एयरलाइन्सले जनाएको छ।
उडान अबुधावी अन्तर्राष्ट्रिय विमानस्थलबाट १५० यात्रुसहित एचनाइन ५६८ विमान अप्रिल १, २०१९ मा स्थानीय समय दिउँसो २ बजेर ३१ मिनेट जाँदा उडान भरेर काठमाडौंको त्रिभुवन विमानस्थलमा स्थानीय समय साँझ ८ बजेर ४१ मिनेटमा अतवरण गरेको थियो। युएईका लागि स्थानीय बजार व्यवस्थापन कार्य हेर्न एयरलाइन्सले फिशटेल ट्राभल एण्ड टुरिजमलाई नियुक्त गरेको समेत जनाएको छ।
प्रिमियम इकोनोमी क्लासको ८ र इकोनोमी क्लासको १५० गरी कुल १५८ सिट क्षमता भएको विमानले प्रत्येक मंगलबार, बिहीबार र आइतबार उडान भर्नेछ।











-1754206481.jpg)