'बेबी बम्प' देखाउँदै एमीले दिइन गर्भवती भएको खबर
काठमाडौं, चैत १८ : रजनीकान्त र अक्षय कुमारसँग फिल्म ‘२.०’मा अभिनय गरेकी ब्रिटिस मोडल तथा अभिनेत्री एमी ज्याकसन गर्भवती भएकी छिन् । उनले फि....

काठमाडौं, चैत १८ : रजनीकान्त र अक्षय कुमारसँग फिल्म ‘२.०’मा अभिनय गरेकी ब्रिटिस मोडल तथा अभिनेत्री एमी ज्याकसन गर्भवती भएकी छिन् । उनले फियोन्से जर्ज पैनियोटोसँग ‘बेवी बम्प’ देखाएको फोटो इन्स्टाग्राममा सेयर गरेकी छन्।
इग्ल्यान्डमा ३१ मार्चमा ‘मदर्स डे’ मनाउने गरिन्छ । उनले यहि अवसरमा आमा बन्न लागेको खबर सार्वजनिक गरेकी हुन्।
उनले फोटो सेयर गर्दै लेखेकी छन, ‘म घरको छतमा बसी चिच्याएर भन्न खोजिरहेको थिए, आज आमाको मुख हेर्ने दिन मलाई यो मौका मिल्यो । म अहिले देखिनै तिमीलाई माया गर्न थालिसके, निश्चल र पवित्र माया ।’
एमी र जर्जले दुई महिना अघि इंगेजमेन्ट गरेका थिए । उनीहरू आगामी वर्ष बिहे गर्ने तयारीमा छन् । उनीहरू चार वर्षको प्रेमसम्बन्ध पछि विहे गर्ने तयारीमा जुटेका हुन् ।
जर्ज व्यवसायीका छोरा हुन् । उनी बुवाको व्यवसाय सम्हाल्न थालेका छन्।




-1785310167.jpg)




-1783580717.jpeg)
