Kathmandu Press

सम्बन्धविच्छेद हुने हल्लापछि प्रियंकाको पारिवारिक फोटो

काठमाडौं, चैत १७ : बिहे गरेको केही महिनामै सम्बन्धविच्छेद हुन लागेको हल्लाबीच बलिउड अभिनेत्री प्रियंका चोपडाले निक जोनससँगको पारिवारिक फोटो इन्स्टाग्र....

सम्बन्धविच्छेद हुने हल्लापछि प्रियंकाको पारिवारिक फोटो

काठमाडौं, चैत १७ : बिहे गरेको केही महिनामै सम्बन्धविच्छेद हुन लागेको हल्लाबीच बलिउड अभिनेत्री प्रियंका चोपडाले निक जोनससँगको पारिवारिक फोटो इन्स्टाग्राममा अपलोड गरेकी छन्।

जसमा निक दाजुभाइ पनि छन् । उनले पहिलो पटक जोनस दाजुभाइको कार्यक्रममा सहभागी भएको लेखेकी छन् । जुन रमाइलो भएको र उनीहरूप्रति गर्व महसुस गरेको लेखेकी छन्।

Hardik ivf

यसले उनीहरूको सम्बन्ध बिग्रिएको छैन भन्ने संकेत गरेकी छन् । तैपनि मिडियामा समाचार आउन छोडेका छैनन्।

निक र प्रियंका प्रेम सम्बन्धमा रहेको छोटो समयमै विवाह बन्धनमा बाँधिएका थिए । उनीहरूले क्रिस्चियन र हिन्दु परम्पराअनुसार बिहे गरेकी थिइन्।

ओके म्यागाजिनले अप्रिल अंकमा कभर स्टोरी बनाउँदै दुई सेलिब्रेटी सम्बन्धविच्छेदको प्रक्रियामा रहेको खुलासा गरेको हो । म्यागाजिनले रिपोर्टमा भनेको छ, ‘उनीहरू हरेक कुरामा पनि झगडा गर्न थालेका छन् । खासगरी काम, पार्टी जाने सवाल र एकसाथ समय बिताउने कुरामा झगडा हुन थालेको छ । उनीहरूको वैवाहिक सम्बन्ध केवल अडिएको मात्रै छ।’

‘जबदेखि दुवैले एकअर्कालाई नजिकबाट बुझ्न थाले तबदेखि नै खटपट सुरु हुन थाल्यो,’ स्रोतको हवाला दिँदै म्यागाजिनले लेखेको छ, ‘जोनासले प्रियंकालाई प्रेमिका हुँदा ठानेको जस्तो शान्त र सहज विवाहपछि नपाएको गुनासो गरेका छन । उनले आफूलाई प्रियंकाले नियन्त्रणमा राख्न खोजेको तथा उनी रिसाहा भएकाले सम्बन्ध बिग्रँदै गएको हो । परिवारले पनि जोनासलाई सम्बन्धविच्छेद गर्न सल्लाह दिइरहेका छन ।’

तर, यस बिचमा प्रियंका र निकले भने केही बोलेका छैनन्।

 

प्रकाशित मिति: १५:११ बजे, आइतबार, चैत १७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्