एनआरएनएले नेपालको पूर्वाधार विकासमा १० अर्बभन्दा बढी लगानी गर्ने
काठमाडौं, चैत १६ः गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारसँग मिलेर पूर्वाधार विकासमा १० अर्ब भन्दा बढी लगानी गर्ने भएको छ।
लगानी....
काठमाडौं, चैत १६ः गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारसँग मिलेर पूर्वाधार विकासमा १० अर्ब भन्दा बढी लगानी गर्ने भएको छ।
लगानी सम्मेलनमा एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष स्थापनाका लागि एनआरएनए अध्यक्ष भवन भट्टले सम्झौतामा हस्ताक्षर गरेका छन्। उक्त कोषको अधिकृत पूँजी २० अर्ब रुपैयाँको हुने छ भने चालू पूँजी १० अर्ब रहनेछ।
नेपाल सरकारले पनि लगानी रहने कोषको ८५ प्रतिशत पूँजी विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई शेयर वितरण गरेर संकलन गरिनेछ। नेपालमै बसिरहेका नेपालीलाई भने शेयर वितरण गरिने छैन। कोषमा नेपाल सरकार सामान्य हिस्सा रहने बताइएको छ।
प्रकाशित मिति: १७:५३ बजे, शनिबार, चैत १६, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1754206481.jpg)