झरनाको फिल्ममा छोरी सुहानाको डेब्यू
काठमाडौं, चैत १४ : निर्देशक तथा अभिनेत्री झरना थापाले जन्मदिनको अवसर पारेर फिल्म ‘ए मेरो हजुर–३’ को ट्रेलर रिलिज गरिएको छ । यसमा झरन....
काठमाडौं, चैत १४ : निर्देशक तथा अभिनेत्री झरना थापाले जन्मदिनको अवसर पारेर फिल्म ‘ए मेरो हजुर–३’ को ट्रेलर रिलिज गरिएको छ । यसमा झरनाले आफ्नी छोरी सुहानालाई डेब्यू गराएकी छन्।
उनले ‘ए मेरो हजुर’मा श्रीकृष्ण श्रेष्ठसँग स्क्रिन सेयर गरेकी थिइन् । ‘ए मेरो हजुर–३’लाई भने निर्देशन गरेकी छन् । जसमा आफ्नी छोरी सुहानालाई डेब्यू गराएकी हुन्।
ट्रेलर रिलिज कार्यक्रममा बोल्दै झरनाले सुहानालाई आफु हिडेको बाटोमा ल्याएको बताइन् । जसरी अभिभावकले आफना बच्चालाई योग्य मान्छे बनाउने आशामा स्कुलमा छोड्छन् त्यसैगरी सुहानालाई यस क्षेत्रमा ल्याएर छोडेको बताइन् । ‘छोरी सुहानालाई यस चलचित्र उद्योगमा तपाईहरूमाझ छोडदै छु, अब तपाइँहरूको आर्शिवाद र साथको पालो छ,’ उनले भनिन्।
फिल्म हेरेपछि सुहानाको कामको तारिफ गर्नेमा ढुक्क भएको उनको भनाइ थियो । यो फिल्म नयाँ वर्षको अवसर पारेर चैत २९ मा रिलिज हुदैछ।
यसमा अनमोल केसी र सुहानासँगै सलोन बस्नेत, अर्पन थापा, रविन्द्र झा, सरोज खनाल, रियर राईको अभिनय रहेको छ।
सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मलाई झरनाले निर्देशन गरेकी हुन भने सुनिलकुमार थापाले निर्माण गरेका हुन्।












