काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा भदौ १७ सम्म लम्ब्याउने तयारी
काठमाडाैं, भदौ ९ : काठमाडौँ उपत्यकामा तीन जिल्लाका संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ।
....
काठमाडाैं, भदौ ९ : काठमाडौँ उपत्यकामा तीन जिल्लाका संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ।
काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले भदाै १७ गते मध्यरातसम्म निषेधाज्ञालाई निरन्तरता दिने तयारी गरेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।
प्रधानमन्त्री कार्यल तथा गृह मन्त्रालयका रायका आधारमा सिफारिस कार्यान्वयनमा ल्याउने दाहालले बताए। 'हाम्रो सिफारिसका सम्बन्धमा राय मागेका छौँ। प्रधानमन्त्री कार्यालय तथा गृह मन्त्रालयको राय अनुसार निर्णय कार्यान्वयनमा लैजान्छौँ,'' दाहालले भने। प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने डीसीसीएमसीमा जनप्रतिनिधिहरु पनि हुन्छन्।
यसअघि डिसीसीएमसीले भदौ ३ गतेदेखि १० गते मध्यरातिसम्म तीन जिल्लामा निषेधाज्ञा जारी गरेको थियो।











