Kathmandu Press

कोरोना संक्रमणबाट बारामा थप दुई जनाको मृत्यु 

बारा, भदौ ९ :  कोरोना भाइरसको संक्रमणबाट बारामा थप दुई जनाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट सुवर्ण गाउँपालिका–४, परशुरामप....

कोरोना संक्रमणबाट बारामा थप दुई जनाको मृत्यु 

बारा, भदौ ९ :  कोरोना भाइरसको संक्रमणबाट बारामा थप दुई जनाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट सुवर्ण गाउँपालिका–४, परशुरामपुरका ७२ वर्षीय पुरुष र महागढीमाई नगरपालिका–४, दहियार टोलका ५९ वर्षीय पुरुषको वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसन बसेका सुवर्ण गाउँपालिका–४ का ७२ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि भदौ ८ गते गण्डक कोभिड अस्पतालमा उपचारका लागि ल्याइएको थियो। तर, उनको मंगलबार मृत्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए।

डा. सिंहका अनुसार महागढीमाई नगरपालिका–४ का ५९ वर्षीय पुरुष भदौ ५ गते गण्डक अस्पताल भर्ना भएका थिए। भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई गण्डक अस्पतालको आईसीयूमा भर्ना गरिएकोमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको डा. सिंहले जानकारी दिए।

प्रकाशित मिति: १८:१९ बजे, मंगलबार, भदौ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्