Kathmandu Press

रुपन्देहीमा एकै घरका चारसहित २३ जनामा कोरोना संक्रमण

बुटवल, भदौ ९ : रुपन्देहीको कञ्चन गाउँपालिका- १ मा एकै घरका चारसहित २३ जनामा कोरोना संक्रमण भएको छ।

भैरहवास्थित प्रादेशिक अस्पतालमा उनीहरुको ....

रुपन्देहीमा एकै घरका चारसहित २३ जनामा कोरोना संक्रमण

बुटवल, भदौ ९ : रुपन्देहीको कञ्चन गाउँपालिका- १ मा एकै घरका चारसहित २३ जनामा कोरोना संक्रमण भएको छ।

भैरहवास्थित प्रादेशिक अस्पतालमा उनीहरुको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले जानकारी दिए।

भारतबाट आएर होम क्वारेन्टिनमा बसेका एकै घर परिवारमा ४ र ९ वर्षका बालक समेत रहेको उनले बताए। सो गाउँपालिकाको वडा नम्बर १, ३, ४ र ५ मा होम क्वारेन्टिनमा बसेकामा कोरोना संक्रमण देखिएको छ। संक्रमणसँगै गाउँपालिकाको वडा नम्बर-१ स्थित लौसा लगायतका क्षेत्र बन्द गरिएको कञ्चन गाउँपालिकाले जनाएको छ। 

अध्यक्ष क्षेत्रीले इजाजतप्राप्त बाहेक अन्य सवारी साधन र मानिसलाई हिडडुलमा रोक लगाइएको बताए।  जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख राजेन्द्र गिरीका अनुसार मंगलबारमात्रै ५४ जना कोरोना संक्रमित थप भएका छन्।

योसँगै कोरोना संक्रमितको संख्या रूपन्देहीमा ७२८ पुगेको छ भने कोरोना जितेर ३४५ जना घर फर्केका छन्।
 

प्रकाशित मिति: १७:५५ बजे, मंगलबार, भदौ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्