Kathmandu Press

कोरोना संक्रमणबाट काठमाडाैंमा तीनसहित थप सात जनाको मृत्यु

काठमाडौं, भदौ ९ : कोरोना भाइरसको संक्रमणबाट काठमाडाैंका तीन जनासहित थप सात जनाको मृत्यु भएको छ। 

मंगलबार स्वास्थ्य तथा जनसंख्....

कोरोना संक्रमणबाट काठमाडाैंमा तीनसहित थप सात जनाको मृत्यु

काठमाडौं, भदौ ९ : कोरोना भाइरसको संक्रमणबाट काठमाडाैंका तीन जनासहित थप सात जनाको मृत्यु भएको छ। 

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात  जनाको मृत्यु भएको जानकारी दिए। 

प्रवक्ता गौतका अनुसार कोरोना संक्रमणबाट काठमाडौंका ७४ र ६६ वर्षीय पुरुष तथा ७१ वर्षीया महिला,  सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। 

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ।  नेपालमा मंगलबार थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ।  संक्रमितमध्ये १९ हजार ११९ जना निको भएर घर फर्किएका छन्।
 

प्रकाशित मिति: १६:३१ बजे, मंगलबार, भदौ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्