Kathmandu Press

काठमाडौं उपत्यकामा मंगलबार थपिए २३२ जना कोरोना संक्रमित

काठमाडौं, भदौ ९ :  काठमाडौं उपत्यकामा थप २३२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार गरिएको परीक्षणमा काठमाडौं ....

 काठमाडौं उपत्यकामा मंगलबार थपिए २३२ जना कोरोना संक्रमित

काठमाडौं, भदौ ९ :  काठमाडौं उपत्यकामा थप २३२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २३२  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका १९९, ललितपुरका १९  र भक्तपुरका १४  जना रहेका छन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ।  संक्रमितमध्ये १९ हजार ११९ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १६४ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १६:२३ बजे, मंगलबार, भदौ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्