Kathmandu Press

कोरोना संक्रमणबाट महोत्तरीमा थप दुई जनाको मृत्यु

महोत्तरी, भदौ ९ :  कोरोना भाइरसको संक्रमणबाट महोत्तरीमा थप दुई जनाको मृत्‍यु भएको छ।

कोरोना संक्रमणबाट मनरा सिस्वा नगरपालिका–....

कोरोना संक्रमणबाट महोत्तरीमा थप दुई जनाको मृत्यु

महोत्तरी, भदौ ९ :  कोरोना भाइरसको संक्रमणबाट महोत्तरीमा थप दुई जनाको मृत्‍यु भएको छ।

कोरोना संक्रमणबाट मनरा सिस्वा नगरपालिका–३ का ७५ वर्षीय पुरुष र बलवा नगरपालिका–३ का ७७ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए। 

प्रमुख जिल्ला अधिकारी कटुवालका अनुसार मनरा सिस्वा नगरपालिका–३ का ७५ वर्षीय पुरुषको जलेश्वर अस्पतालमा मृत्यु भएको हो। ती पुरुषलाई आइसोलेसनमा राख्ने तयारी भइरहेका बेला मृत्यु भएको उनले बताए।   

यस्तै, बलबा नगरपालिकाका ७७ वर्षीय पुरुषको धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए। उनका अनुसार ती पुरुषलाई सोमबार साँझमात्रै अस्पताल भर्ना गरिएको थियो। 

योसँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ।
 

प्रकाशित मिति: १५:५९ बजे, मंगलबार, भदौ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्