Kathmandu Press

कोरोना र अन्य बिरामीको छुट्टा–छुट्टै उपचारको व्यवस्था मिलाउन मुख्यमन्त्रीको निर्देशन

विराटनगर, भदौ ९ : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुसँग छलफल गरेका छन्।&nbs....

कोरोना र अन्य बिरामीको छुट्टा–छुट्टै उपचारको व्यवस्था मिलाउन मुख्यमन्त्रीको निर्देशन

विराटनगर, भदौ ९ : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुसँग छलफल गरेका छन्। 

प्रतिष्ठानबारे जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर छलफल गर्नुका साथै आवश्यक निर्देशन समेत दिएका हुन्। 

मुख्यमन्त्री राईले प्रतिष्ठानका पदाधिकारीहरुलाई कोभिड र अन्य बिरामीलाई छुट्टा–छुट्टै तवरले उपचारको व्यवस्था मिलाउन निर्देशन दिए। उनले बिरामीहरुको राम्रो उपचार गर्न र आएका बिरामीहरुलाई नफर्काउन समेत पदाधिकारीहरुलाई निर्देशन दिए। 

तत्काल पीसीआर परीक्षणको दायरा बढाउन निर्देशन दिँदै उनले आवश्यक समन्वय गर्न संयन्त्र निमार्ण गर्न आग्रह गरे।  उनले पाँच सय क्षमताको आइसोलेसन बेड तयार पार्न र कोभिड अस्पताललाई दुई सय बेड क्षमताको यथाशीघ्र बनाउन पदाधिकारीलाई भनेका छन्।

मुख्यमन्त्रीसँगको छलफलमा प्रतिष्ठानका पदाधिकारीहरुले आवश्यक काम थाल्ने जानकारी गराएका थिए।

प्रकाशित मिति: १५:१८ बजे, मंगलबार, भदौ ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्