Kathmandu Press

कोरोना संक्रमणबाट कांग्रेस काठमाडाैं-२१ का वडा सभापतिको मृत्यु

काठमाडौं, भदौ ९ : काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाडौ....

कोरोना संक्रमणबाट कांग्रेस काठमाडाैं-२१ का वडा सभापतिको मृत्यु

काठमाडौं, भदौ ९ : काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका २१ का कांग्रेस सभापति गोविन्द रन्जित रहेका छन्। कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका रन्जितलाई पाँच दिन अघि अस्पताल लगिएको थियो। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनी मुटु रोगका बिरामी रहेका थिए।

ओमबहाल स्थायी घर भएका ६७ वर्षीय रन्जितको मंगलबार उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ। उनको छोरा र श्रीमतीमा पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ।

प्रकाशित मिति: १४:५३ बजे, मंगलबार, भदौ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्