Kathmandu Press

भेरी अस्पतालका दुई जना डाक्टरलाई कोरोना संक्रमण

नेपालगञ्ज, भदौ ९ : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका दुई जना चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भएको छ।

उपचारमा खटिएका स्वास्थ्यकर्मीको ....

भेरी अस्पतालका दुई जना डाक्टरलाई कोरोना संक्रमण

नेपालगञ्ज, भदौ ९ : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका दुई जना चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भएको छ।

उपचारमा खटिएका स्वास्थ्यकर्मीको अस्पतालले कोरोना परीक्षण गरेको थियो। परीक्षणका क्रममा दुई जना चिकित्सकको रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले दुई जना चिकित्सकलाई कोरोना भएको पुष्टि गरे। उनीहरुको सम्पर्कमा आएका व्यक्तिको खोजी भइरेको उनले बताए।

कोरोना संक्रमण देखिएकामध्येका एक डा.राजन पाण्डेले आफूलाई कोरोना भएको सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरेका छन्। उनले आफ्नो सम्पर्कमा आएका व्यक्ति कोरोना परीक्षण गराउन पनि आग्रह गरेका छन्।

प्रकाशित मिति: १३:४९ बजे, मंगलबार, भदौ ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्