Kathmandu Press

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

काठमाडौं, भदौ ९ : राष्ट्रिय जनमोर्चा पार्टीले कोरोना महामारीमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ।

....
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

काठमाडौं, भदौ ९ : राष्ट्रिय जनमोर्चा पार्टीले कोरोना महामारीमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज एक विज्ञप्ति जारी गरी कोरोना रोकथाम र उपचारका लागि सरकारले चालेका कदमलाई सकारात्मक मान्दै यसमा सबैको साथ र समर्थन आवश्यक हुने भएकाले चिकित्सकमाथिको दुर्व्यवहारको विरोध गरेका हुन्।

‘स्वास्थ्यकर्मीलाई डेरा, होटल तथा टोलमा बस्न नदिने र उनीहरुमाथि दुर्व्यवहार गर्ने कुरा सही होइन। त्यसको हामी विरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस प्रकारको व्यवहार गर्नेलाई कारबाही हुनुपर्दछ। स्वास्थ्यकर्मीलाई त्यस प्रकारको व्यवहारबाट रक्षा गर्न र चुनौतीपूर्ण घडीमा पनि उनीहरुको सेवाको कदर गर्दै आवश्यक सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गर्दछौँ।’ विज्ञप्तिमा मुलुकको राष्ट्रिय झण्डा जलाएर साम्प्रदायिक सद्भाव बिथोल्न खोज्नेलाई पनि कारबाहीको माग गरिएको छ।

प्रकाशित मिति: १२:४८ बजे, मंगलबार, भदौ ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्