Kathmandu Press

कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं, भदौ ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न सचिवालय बैठक डाकेको छ। बैठक भदौ १३ गते लागि बोलाइएको हो....

कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं, भदौ ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न सचिवालय बैठक डाकेको छ। बैठक भदौ १३ गते लागि बोलाइएको हो। 

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच मंगलबार बिहान भएको छलफलले सचिवालय बैठक बोलाउने तय गरेको हो।

नेकपा भित्रको विवाद समाधानका लागि पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा साउन ३० गते नेकपा कार्यदलले गठन भएको थियो। कार्यदलले शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो।

प्रकाशित मिति: १२:३७ बजे, मंगलबार, भदौ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्