Kathmandu Press

कोरोना संक्रमणबाट रूपन्देहीमा एक पुरूषको मृत्यु

बुटवल, भदौ ९ : घरको छतबाट लडेर घाइते भएपछि अस्पताल भर्ना भएका एक जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, रुपन....

कोरोना संक्रमणबाट रूपन्देहीमा एक पुरूषको मृत्यु

बुटवल, भदौ ९ : घरको छतबाट लडेर घाइते भएपछि अस्पताल भर्ना भएका एक जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार गैडहवा गाउँपालिका–३ का ५५ वर्षीयको पुरुषको मृत्यु भएको हो। उनको गएराति भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Hardik ivf

उनी एक साता अघि घरको छतबाट लडेर घाइते भएका थिए। उपचारका लागि युनिभर्सल मेडिकल कलेज भर्ना भएका उनलाई भदौ ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

लडेर घाइते भएका उनको टाउकोमा रगत जमेको थियो। त्यसको शल्यक्रिया गर्नुअघि पीसीआर परीक्षण गरिएको थियो।

कोरोना संक्रमण पुष्टि भएपछि युनभिर्सल मेडिकल कलेजबाट डिस्चार्ज गरिएको थियो। त्यसपछि भीम अस्पताल भर्ना गरिएको हो। भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि घिमिरेले बताए।

 

प्रकाशित मिति: ११:१९ बजे, मंगलबार, भदौ ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्