Kathmandu Press

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल

काठमाडौं, भदौ ९ : नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ।

नेक....

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल
फाइल फाेटाे

काठमाडौं, भदौ ९ : नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ।

नेकपाको कार्यदलले बुझाएको प्रतिवेदनमाथि ओली र प्रचण्डबीच छलफल सुरु भएको जनाएको छ। छलफलका लागि अध्यक्ष प्रचण्ड ९ः४५ बजे बालुवाटार पुगेका हुन्।

नेकपा विवाद सुल्झाउन गठन गरिएको कार्यदलले शनिबार प्रतिवेदन बुझाएको थियो। त्यसैमाथि दुवै अध्यक्षबीच छलफल सुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए।

दुवै अध्यक्षले विवाद मिलाउन साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्य कार्यदल गठन गरेका थिए। कार्यदलले भदौ ६ गते समाधानको उपचायसहित १७ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो।

कार्यदलले दुवै अध्यक्षको जिम्मेवारी छुट्याएको छ। ओलीले सरकार सञ्चालन गर्न र प्रचण्डले पार्टी चलाउने जिम्मेवारी बाडफाँड गरिएको छ।

प्रकाशित मिति: १०:३५ बजे, मंगलबार, भदौ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्