लन्डनमा कोरोनाबाट एक नेपालीको मृत्यु
लन्डन, भदौ ९ : कोरोना भाइरसको संक्रमणबाट बेलायतको लन्डनमा एक नेपालीको मृत्यु भएको छ।
कोरोनाबाट सोमबार भोजपुरका ५१ वर्षीय साना शेर्पाको मृत्य....

लन्डन, भदौ ९ : कोरोना भाइरसको संक्रमणबाट बेलायतको लन्डनमा एक नेपालीको मृत्यु भएको छ।
कोरोनाबाट सोमबार भोजपुरका ५१ वर्षीय साना शेर्पाको मृत्यु भएको हो। लन्डनको सेन्ट थोमस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले बताए। उनी शेर्पा संघ बेलायतका अध्यक्ष हुन्।
उनलाई असार २९ गते कोरोना सङ्क्रमण देखिएको थियो। त्यसपछि केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो।
दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लन्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो। एक साताअघि कोरोना परीक्षण गर्दा सङ्क्रमण मुक्त भएको भनिए पनि उनको कलेजोको समस्यामा भने कुनै सुधार हुन सकेको थिएन।
भूतपूर्व गोर्खा सैनिक शेर्पा पन्ती र तीन छोरासहित बेलायतको केन्टमा बस्दै आएका थिए। उनका बुबाआमा भने नेपालमै छन्।











