Kathmandu Press

कञ्चनपुरमा चट्याङ लाग्दा एक युवकको मृत्यु, दुई घाइते

महेन्द्रनगर, भदौ ९ : चट्याङ लागेर कञ्चनपुरको बेलौरी नगरपालिका–१ वैशाखीका एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

गएराति परे....

कञ्चनपुरमा चट्याङ लाग्दा एक युवकको मृत्यु, दुई घाइते

महेन्द्रनगर, भदौ ९ : चट्याङ लागेर कञ्चनपुरको बेलौरी नगरपालिका–१ वैशाखीका एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

गएराति परेको चट्याङ लागेर वैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको मृत्यु भएको बेलौरी इलाका प्रहरी कार्यालयले जनाएको छ।

चट्याङ लागेर घाइते भएका उनलाई राति नै कैलालीको निःसर्ग अस्पतालमा लगिएको थियो। अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए।

त्यस्तै, चट्याङ लागेर वैशाखीकै २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही घाइते भएका छन। घाइते दुवैको कैलालीको धनगडीस्थित निःसर्ग अस्पतालमा उपचार भइरहेको छ।

घर नजिकैको राधाकृष्ण मन्दिरमा बसेर तीनै जना मोबाइल चलाउँदै गर्दा राति ८ः२५ मिनेट चट्याङ परेको स्थानीय वासिन्दाले बताए। गर्मी भएकाले उनीहरु घर नजिकैको मन्दिरमा बसिरहेका थिए।

प्रकाशित मिति: ०९:५८ बजे, मंगलबार, भदौ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्