Kathmandu Press

भरतपुरमा आइसोलेसनबाट भागे कोरोना संक्रमित

भरतपुर, भदौ ९ : चितवनको भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक कोरोना भाइरस सङ्क्रमित युवक भागेका छन्।

भरतपुर महानगरपालिका–१२ का १९ वर....

भरतपुरमा आइसोलेसनबाट भागे कोरोना संक्रमित

भरतपुर, भदौ ९ : चितवनको भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक कोरोना भाइरस सङ्क्रमित युवक भागेका छन्।

भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय युवक आज बिहान ५ बजे आइसोलेसनबाट भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो।

केही दिनअघि उनी चोरीको आरोपमा पक्राउ परेका थिए। प्रहरीले अनुसन्धान जारी राख्दै परिवारको जिम्मा लगाएको थियो।

उनमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै परिवारलाई जिम्मा लगाएर अस्पतालको आइसोलेसनमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले बताए।

अस्पतालको आइसोलेसनबाट भागेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। अहिले अस्पतालको आइसोलेसनमा ६८ सङ्क्रमितको उपचाररत छन्।

यस अघि सप्तरीमा पनि कोरोना संक्रमित आइसोलेसनबाट भागेका थिए। पछि प्रहरीले घरमा लुकेको अवस्थामा पक्राउ गरेको थियो।

 

प्रकाशित मिति: ०९:३९ बजे, मंगलबार, भदौ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्