Kathmandu Press

भारतमा पाँचतले घर भत्कियो, करिब ९० जना पुरिए

काठमाडौं, भदौ ९ : भारतको महाराष्ट्र रायगढमा एक ५ तल्ले घर भत्कँदा करिब ९० जना पुरिएका छन् ।

पुरिएकामध्ये ८ जनाको उद्धार गरिएकोमा १ जनाको मृत....

भारतमा पाँचतले घर भत्कियो, करिब ९० जना पुरिए

काठमाडौं, भदौ ९ : भारतको महाराष्ट्र रायगढमा एक ५ तल्ले घर भत्कँदा करिब ९० जना पुरिएका छन् ।

पुरिएकामध्ये ८ जनाको उद्धार गरिएकोमा १ जनाको मृत्यु भएको छ भने ७ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

दक्षिण मुम्बईदेखि १ सय ८० किलोमिटर दूरीको महाड सहरमा सोमबार साँझ भवन भत्किएको हो। उक्त भवनमा ४७ वटा फ्ल्याट थिए।

गृहमन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहायता उद्धारका लागि सबै निकायलाई निर्देशन दिएका छन्। 
 
प्रकाशित मिति: ०८:२६ बजे, मंगलबार, भदौ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्