आजको मौसम : तीन वटा प्रदेशमा बर्षाको सम्भावना
काठमाडौं, भदौ ९ : उत्तरी बंगालको खाडीमा रहेको न्यून चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडीबाट आएको जलवाष्फ युक्त हावाको प्रभावका कारण हाल नेपालमा व....

काठमाडौं, भदौ ९ : उत्तरी बंगालको खाडीमा रहेको न्यून चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडीबाट आएको जलवाष्फ युक्त हावाको प्रभावका कारण हाल नेपालमा वर्षा भइरहेको छ ।
मंगलबार बिहान देशभर सामान्य बदली रही बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको विभागले देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।











