Kathmandu Press

कास्कीमा थप ४ जनामा कोरोना संक्रमण 

काठमाडौं, भदौ ९ : गण्डकी प्रदेशको कास्की जिल्लामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ४....

कास्कीमा थप ४ जनामा कोरोना संक्रमण 

काठमाडौं, भदौ ९ : गण्डकी प्रदेशको कास्की जिल्लामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वार्ड १३ का २ जना भारतबाट आउनुभएको हो भने अन्य २ जना व्यक्तिहरु टेसिङ बाट पहिचान भएका हुन् ।

सबै संक्रमित व्यक्तिलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १८९५ पुगेको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६३९ रहेको छ । 
 

प्रकाशित मिति: ०६:५४ बजे, मंगलबार, भदौ ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्