Kathmandu Press

सबै अस्पताललाई कोभिड अस्पतालमा परिणत गर्ने सरकारको निर्णय 

काठमाडौं, भदौ ८ : सरकारले देशभरका सबै अस्पताललाई कोभिड अस्पतालमा परिणत गरेको छ।

यसअघि कोरोना संक्रमितको उपचारका लागि लेभल वान, लेभल २ र लेभल....

सबै अस्पताललाई कोभिड अस्पतालमा परिणत गर्ने सरकारको निर्णय 
फाइल

काठमाडौं, भदौ ८ : सरकारले देशभरका सबै अस्पताललाई कोभिड अस्पतालमा परिणत गरेको छ।

यसअघि कोरोना संक्रमितको उपचारका लागि लेभल वान, लेभल २ र लेभल ३ अस्पताल छुट्याएको थियो। तर, अहिले त्यो व्यवस्थालाई खारेज गर्दै सबै अस्पताललाई कोभिड अस्पतालमा परिणत गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

प्रवक्ता गौतमले सबै अस्पतालले काभिड पोजेटिभ भएपनि नेगेटिभ भएपनि उपचार गर्नुपर्ने बताए।

‘सबै अस्पतालाई कोभिड अस्पताल बनाइएको छ। यसमा जिल्लास्थित अस्पताल, प्रादेशिक अस्पताल, शिक्षण अस्पताल, केन्द्रीय अस्पताल र कतिपय निजी अस्पताल पर्छन्,’ उनले भने, ‘अब यी अस्पतालमा उपलब्ध सबै सेवा कोभिड पोजेटिभ भएपनि नभए पनि उपचार गर्नुपर्ने निर्णय भएको छ।’

प्रकाशित मिति: १६:४२ बजे, सोमबार, भदौ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्