लक्षण भएका कोरोना संक्रमितलाई मात्रै अस्पतालमा भर्ना गरिने
काठमाडौं, भदौ ८ : सरकारले कोरोना भाइरसका लक्षण भएका संक्रमितलाई मात्रै अस्पतालमा भर्ना गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ।
स्वास्थ्य त....

काठमाडौं, भदौ ८ : सरकारले कोरोना भाइरसका लक्षण भएका संक्रमितलाई मात्रै अस्पतालमा भर्ना गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं र तराईका जिल्लामा संक्रमितको संख्या थपिँदै जाँदा लक्षण भएका बिरामीले बेड नपाउने र लक्षण नभएकाले ओगट्ने प्रवृत्ति देखिएकाले लक्षण भएका बिरामीलाई मात्रै अस्पतालमा भर्ना गर्न निर्देशन दिएको हो।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलले लक्षण नभएका बिरामीलाई होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा राख्न अस्पतालहरुलाई निर्देशन दिएका छन्। ‘लक्षण भएकाले बेड नपाउने र लक्षण नभएकाले बेड ओगट्ने प्रवृत्ति देखिएकाले यस्तो निर्णय गरिएको हो,’ उनले भने, ‘लक्षण भएकालाई बेडमा भर्ना गर्न र नभएकालाई आइसोलेसन सेन्टरमा राख्न निर्देशन दिइएको छ।’











