Kathmandu Press

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं, भदौ ८ : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। 

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब....

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु
फाइल

काठमाडौं, भदौ ८ : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। 

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको जानकारी दिए। 

प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट रुपन्देहीका ३८, ५३ र ५४ वर्षीय पुरुष तथा ६७ वर्षीया महिला, सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला र काठमाडौंकी ४८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।  

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ।  

सोमबार नेपालमा थप  ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ। संक्रमितमध्ये १८ हजार ८०६ जना निको भएर घर फर्किएका छन्। 

प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै  १७५ जना कोरोनालाई जितेर घर फर्किएका छन्।

प्रकाशित मिति: १६:२९ बजे, सोमबार, भदौ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्