Kathmandu Press

कोरोना संक्रमित थुनुवा आइसोलेसनबाटै फरार भए

राँझा, भदौ ८ : बाँके जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना कोरोना संक्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएका छन्। 

कोरोना ....

कोरोना संक्रमित थुनुवा आइसोलेसनबाटै फरार भए
फाइल

राँझा, भदौ ८ : बाँके जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना कोरोना संक्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएका छन्। 

कोरोना संक्रमण देखिएपछि बाँकेको खजुराखुर्दस्थित कृषि तालिमम केन्द्रको आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका ती थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए। 

लागूऔषध कोरेक्स मुद्दाका ती थुनुवालाई भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएपछि कृषि तालिम केन्द्रको आइसोलेसनमा लगिएको थियो। थुनुवा फरार भएको जानकारी पाउनासाथ उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। पाँच सीसी लागूऔषध कोरेक्ससहित ती व्यक्ति पक्राउ परेका थिए। आइसोलेसनबाटै संक्रमति थुनुवा फरार भएपछि खोजी कार्यका लागि सुरक्षा टोली परिचालन गरिसकेको प्रहरी उपरीक्षक रानाले बताए।  

संक्रमित थुनुवा फरार भएपछि आइसोलेसनको सुरक्षार्थ खटिएका प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाएर आवश्यक अनुसन्धान भइरहेको छ। उक्त आइसोलेसनमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच प्रहरी खटिएका थिए। रासस
 

प्रकाशित मिति: १५:५५ बजे, सोमबार, भदौ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्